नेपाल बाघको संख्या दोब्बर बनाउने लक्ष्यको निकै नजिक..

काठमाडौं । आज अन्तर्राष्ट्रिय बाघ दिवस नेपालमा पनि मनाइँदै छ । सन् २०१० सालमा नेपालले सन् २०२२ भित्र बाघको संख्या दोब्बर पुर्याउने प्रतिबद्धता जनाएको थियो । त्यतिबेला नेपालमा १ सय २१ बाघ थिए भने सन् २०१८ मा गरिएको एक गणनाका अनुसार नेपालमा बाघको संख्या २ सय ३५ रहेको पाइएको छ । भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस् । subscribe मा क्लिक गरेपछि सँधै भिडियो हेर्न पाईनेछ ।

राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागका अधिकारीहरुका अनुसार संख्या दोब्बर बनाउनका लागी  नेपाललाई अझै १५ वटा बाघ थप्नुपर्ने हुन्छ । १ सय २१ को दोब्बर २ सय ४२ हुने भए पनि सरकारले २ सय ५० लाई त्यसको दोब्बर मानेको छ । अहिले नेपाल आफुले राखेको लक्ष्य नजिक पुगेको छ र यदि नेपालले लक्ष्य पूरा गरेको खण्डमा नेपाल बाघको संख्या दोब्बर पार्ने पहिलो देश बन्नेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *