प्रहरी हेडक्वार्टरका फेरी थपियो संक्रमित संख्या

काठमाडौं । केहि दिन अघि प्रहरी प्रधान कार्यालयमा कार्यरत रहेका चार जना अधिकारीमा कोरोना भाइरसको संक्रमण पुष्टि भएको थियो ।चार प्रहरी अधिकारीमा संक्रमण पुष्टि भएपछि उनीहरुको कन्ट्याक ट्रेसिङबाट थप अन्य प्रहरी अधिकारीको स्वाब समेत संकलन गरिएको थियो भने अहिले  प्रहरी प्रधान कार्यालय, नक्सालमा कार्यरत थप ६ जना अधिकारीमा कोरोना भाइरसको संक्रमण देखिएको छ । यससँगै प्रहरी मुख्यालयमा कार्यरत कुल ३६ जना कर्मचारीमा संक्रमण पुष्टि भएको छ ।

नेपाल प्रहरी अस्पतालमा गरिएको पिसीआर परीक्षणले थप ६ जनामा संक्रमण देखाएको प्रहरी प्रधान कार्यालयका एक उच्च अधिकृतले बताएका हुन्। संक्रमित भएका मध्ये अधिकांश सवारी शाखाका रहेका छन् भने केही सञ्चार शाखाका पनि छन् । भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस् । subscribe मा क्लिक गरेपछि सँधै भिडियो हेर्न पाईनेछ ।

हालसम्म संक्रमण पुष्टि भएका प्रहरीहरु हवल्दार तथा जवान रहेका छन् । कन्ट्याक ट्रेसिङका आधारमा अन्य अधिकृतहरुको पनि पिसीआर परीक्षणका लागि स्वाब संकलन गरिएको भएपनि रिपोर्ट भने अझैँ आइसकेको छैन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *