तेस्रो टेष्ट २६९ रनले जित्दै इंग्ल्याण्डले जित्यो सिरिज

काठमाडौं । कोरोना भाइरसको महामारी सक्किएपछि पहिलो पटक भएको टेष्ट सिरिज इंग्ल्याण्डले आफ्नो पोल्टामा पारेको छ । वेष्ट इन्डिज विरुद्धको तीन खेलको सिरिजमा पहिलो टेष्ट हारे पनि त्यसपछि पुनरागमन गर्दै इंग्ल्याण्डले लगातार दुई टेष्ट जितेर वेष्ट इन्डिज २-१ ले पराजित गरेको हो ।

म्यानचेस्टरस्थित ओल्ड ट्राफोर्डमा मंगलबार सम्पन्न भएको तेस्रो तथा अन्तिम टेस्टमा वेष्टइन्डिजलाई २६९ रनले पराजित गर्दै इंग्ल्यान्डले सिरिज आफ्नो पक्षमा पारेको हो । इंग्ल्यान्डले दिएको ३ सय ९९ रनको उच्च लक्ष्य पछ्याएको वेष्ट इन्डिज दोस्रो इनिङ्समा १ सय २९ रनमै अलआउट भएको थियो । भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस् । subscribe मा क्लिक गरेपछि सँधै भिडियो हेर्न पाईनेछ ।

वेष्ट इन्डिजका साई होपले सर्वाधिक ३१ रन बनाएका थिए भने जर्मेन ब्लाकवुडले २३ र साम्रह ब्रुक्सले २२ रन बनाएका थिए । इंग्ल्याण्डका लागि भने क्रिस वोक्सले ५ र स्टुअर्ट ब्रोडले ४ विकेट लिए । ब्रोडले क्रेग बेरवेइटेलाई आउट गर्दै टेष्ट क्रिकेटमा ५०० विकेट पनि पूरा गरेका छन् । साउथह्याम्पटनमा भएको पहिलो टेष्ट वेष्ट इन्डिजले ४ विकेटले जितेको थियो भने दोस्रो टेष्ट इंग्ल्यान्डले ११३ रनले जितेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *