पार्टीभित्र बाटै ओलीलाई नैतिक संकट

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली पार्टीभित्र बाट नै नैतिक संकटमा फसेका छन् । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा मंगलबार बसेको स्थायी कमिटीको बैठकले प्रधानमन्त्री ओलीलाई ठाडो चुनौती दिँदै उनी विरुद्ध बहुमतले प्रस्ताव पारित गरेपछि उनी नैतिक संकटमा परेका हुन् । प्रधानमन्त्री साँझ भैंसेपाटीस्थित वामदेव निवासमा पुगे ।

मंगलबार बिहान ११ बजे आयोजित भएको स्थायी कमिटीको बैठकमा प्रधानमन्त्री ओली सहभागी भएनन् भने उनले आफ्नो समूहका १४ नेताहरुलाई समेत गयल हुन निर्देशन दिए जसका कारण ४४ सदस्यीय स्थायी कमिटीका २९ जनाको मात्र सहभागीतामा उक्त बैठक बस्यो । त्यसपछि बिहान प्रेस सल्लाहकार सूर्य थापामार्फत प्रधानमन्त्री ओलीले एकतर्फी रुपमा बैठक स्थगनको सूचना सार्वजनिक गरेपछि फर्किएका केही नेताहरु पछि फेरि बालुवाटारमा आएर उक्त बैठकमा सहभागी भए । भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस् । subscribe मा क्लिक गरेपछि सँधै भिडियो हेर्न पाईनेछ ।

ओली समूहका नेताहरुको अनुपस्थितिमा बसेको उक्त बैठकले प्रधानमन्त्री विरुद्ध प्रस्ताव पारित गर्‍यो । सहभागी नेताहरुले जनाए अनुसार प्रधानमन्त्रीको सरकारी निवासभित्रै बहुमत सदस्यहरु बसेर प्रधानमन्त्री विरुद्ध यसरी प्रस्ताव पारित गर्नाले प्रधानमन्त्री माथी निकै गम्भीर प्रश्न उठाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *