भारी वर्षापछि कैलालीका विभिन्न स्थान डुबानमा, १०० घर परिवार प्रभावित

काठमाण्डौ । कैलालीमा गए रातिदेखि नै ठूलो पानी परिरहेको छ भने यसै कारण नदीहरुको बहाव बढेर अहिले कैलालीका विभिन्न स्थानमा बाढी पसेको छ । गएराति आएको बाढी वस्तीमा पसेपछि करिब एक सय घर परिवार प्रभावित भएका छन् । मोहनपुर, ढुसी र काँडा गाउँमा ५०–६० घरमा पानी पसेको जानकारी प्राप्त भएको जिल्ला प्रहरी कार्यालयका डीएसपी प्रतीक विष्टले बताएका छन् । उनका अनुसार डुबानमा परेका घर परिवारलाई सुरक्षित स्थानमा सार्ने क्रम जारी रहेको छ ।

यस्तै भजनी नगरपालिकाको वडा नम्बर २ को मोहनपुर, वडा नं. ३ को ढुसी गाउँ, वडा नम्बर ५ को फुलियापुर गाउँमा पनि बाढी पसेको छ ।वडा नम्बर २ र वडा नम्बर ३ मा काँढा नदीको बाढी र वडा नम्बर ५ मा कान्द्रा नदीको बाढी पस्ने गरेको मेयर चौधरीले बताएका छन् । भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस् । subscribe मा क्लिक गरेपछि सँधै भिडियो हेर्न पाईनेछ ।

यस्तै गरि कैलालीकै जोशीपुर गाउँपालिकाको वडा नम्बर १, ३, ४, ५, ६ र ७ का वस्ती पनि डुबानमा परेका छन् भने खमरिया टोल, झबही, खैरेनी, हसनापुरको पूर्वी टोल, बाँणी, मैनपोखरी, बढैया, रतनपुर, मनकापुर, भित्रैया, घैला गाउँ, बौनिया गाउँलगायतका स्थान डुबानमा परेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *