ऐश्वर्या र छोरी आराध्या कोरोना मुक्त, अभिताभ र अभिषेकको यस्तो छ अवस्था…

काठमाडौ । बलिउड अभिनेत्री ऐश्वर्या राय बच्चन र उनकी छोरी आराध्या बच्चन कोरोना मुक्त भएका छन् । कोरोना संक्रमण पुष्टि भएसँगै त्यसको पाँच दिन पछी उनीहरु अस्पताल भर्ना भएका थिए भने अहिले उनीहरु कोरोनालाई पराजित गरेर घर फर्किसकेका छन् । यस कुराको जानकारी अभिनेता तथा ऐश्वर्याका श्रीमान अभिषेकले एक ट्वीट मार्फत दिएका हुन् ।

उनीहरू सोमबार कोरोना जितेर घर फर्किएका भएपनि अभिषेक र अमिताभ बच्चन भने अझै पनि अस्पतालमै रहेका छन् । अमिताभ बच्चन र अभिषेकमा जुलाई ११ मा कोरोना पुष्टि भएको थियो भने लगत्तै गरिएको परिक्षणपछि जुलाई १२ मा ऐश्वर्या आमाछोरीमा संक्रमण पुष्टि भएको थियो । भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस् । subscribe मा क्लिक गरेपछि सँधै भिडियो हेर्न पाईनेछ ।

अभिषेकले आफ्नो ट्विटरमा लेखेका छन्, ‘तपाईहरू सबैको कामना र सहानुभूतिका लागि धन्यवाद । म सधै यस कुराको ऋणि रहने छु। ऐश्वर्या र आराध्या कोरोना नेगेटिभ भइसकेका छन्  भने उनीहरूले अस्पतालबात डिस्चार्ज समेत पाइसकेका छन्। अब उनीहरू घरमा नै रहने छन्। म र मेरा बुवा भने चिकित्सकहरूको निगरानीमा अस्पतालमा नै रहने छौं।’

Leave a Reply

Your email address will not be published. Required fields are marked *