श्रीकृष्ण भगवान र बाँसुरीको सम्बन्ध……

काठमाण्डौ । भगवान श्रीकृष्ण द्वापरयुगका भगवान् हुन् । माखन चोर अनि कन्हैया जस्ता नाम बाट परिचित उनि राधाको निकै नकित रहेको बताइन्छ । राधा उनकी निकै प्यारी थिइन् । राधा जस्तै श्रीकृष्णलाई अरु केही वस्तुहरु पनि निकै प्यारा थिए  जुन वस्तुहरुबाट उनी कहिल्यै टाढा रहेनन् । गाई, मख्खन, मयूरको प्वाँख र बाँसुरी भगवान श्रीकृष्णलाई अत्यन्तै मनपर्ने वस्तुहरु हुन् । आखिर भगवान श्रीकृष्णलाई यी चिज किन प्यारो थिए त ?

भगवान श्रीकृष्णलाई बाँसुरी अत्यन्तै प्रिय छ। उनका हरेक तस्बिरमा हामीले उनलाई बासुरी लिएको देख्न सक्छौँ । बाँसुरीमा तीन विशेष गुणहरु हुन्छन् । पहिलो बाँसुरी भित्र आँख्ला हुँदैन जसले आफुभित्र कुनै गाठो वा आँख्ला झै भाव नराख्नुहोस् संकेत गर्छ। अर्थात मनमा बदलाको भाव नराख्नुहोस् । दोश्रो कुरा, बाँसुरी अरुले नबजाई आफै बज्दैन । भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस् । subscribe मा क्लिक गरेपछि सँधै भिडियो हेर्न पाईनेछ ।

यसले अनावश्यक बोल्न वा विचार राख्न नहुने संकेत गर्छ । र तेश्रो बाँसुरी बज्दा मधुर तथा मिठो बज्दछ जसले हामीले सदैव सबैसँग मीठो बोल्नुपर्छ भन्ने संकेत गर्छ । यतिधेरै गुणले सम्पन्न भएका कारण भगवान श्रीकृष्णलाई बाँसुरी निकै प्यारो लाग्थ्यो । त्यसैले श्रीकृष्ण भगवाले बाँसुरीलाई सधैँ आफ्नो साथमा राख्ने गर्दथे ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *