बेलायतले गोर्खालीको सम्मानमा अब यस्तो गर्ने..

काठमाडौ । बेलायत सरकारले बेलायती सेनामा रहेका गोरखा सैनिकको कार्यको सम्मान गरेका छन् । गोरखा सैनिकले बेलायत सेनामा पुर्याएको योगदानको कदर गर्दै बेलायत सरकारले पाउण्डको सिक्कामा गोरखाहरूको तस्बिर अङ्कित भएको मुद्रा निकाल्ने घोषणा गरेको छ । बेलायतमा हालसम्म श्वेत बेलायतीबाहेक अन्य कुनै पनि समुदायका मानिसहरुको तस्बिर अङ्कित गरेर सिक्का ननिकालिएको बताइएको छ ।

यहि सोमबार लण्डनमा भएको एक कार्यक्रममा बोल्दै ट्रेजरी मन्त्री जोन ग्लेनले अर्थमन्त्री ऋषि सुनाकले यस किसिमको कदम छिट्टै चाल्ने इच्छा व्यक्त गरेका कारण अब यसको तयारीमा रहेको बताएका छन् । भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस् । subscribe मा क्लिक गरेपछि सँधै भिडियो हेर्न पाईनेछ ।

सिक्का छाप्नका लागी यसको ढाँचाका विषयमा कुरा भइरहेको र त्यसैका लागी रोयल मिन्समा सम्पूर्ण प्रस्ताव पेश गरिएको ट्रेजरी मिनिस्टरले जनाएका छन् । रोयल मिन्ट बेलायतमा सिक्का छाप्ने सरकारको स्वामित्व रहेको संस्था हो भने यसले प्रत्येक वर्ष ६० भन्दा बढी देशको सिक्का छाप्ने काम गर्दछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *