विमानस्थलका कर्मचारी घुससहित रंगेहात पक्राउ

काठमाण्डौ । गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलका कार्यालय सहयोगी सहित दुईजना पक्राउ परेका छन् । विमानस्थलमा कार्यरत रहेका कार्यालय सहयोगी विश्वनाथ यादव र महेन्द्र यादवलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोग सम्पर्क कार्यालय बुटवलले भैरहवास्थित सेन्चुरी बैंकबाट चारलाख रुपैयाँ घुससहित रंगेहात पक्राउ गरेको हो ।
कार्यालय प्रमुख डा. भीष्म भुसालका अनुसार उनीहरु अहिले निर्माणाधीन रहेको गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको मुआब्जा वितरणमा सहजीकरण गरिदिने भन्दै सेवाग्राहीसँग घुस लिने क्रममा पक्राउ परेका हुन् । भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस् । subscribe मा क्लिक गरेपछि सँधै भिडियो हेर्न पाईनेछ ।
सेवाग्राहीसँग घुस लेनदेन गर्नका लागी उनीहरु सेन्चुरी बैंक पुगेका थिए भने विशेष सूचनाका आधारमा अख्तियार टोलीले उनीहरुलाई बैंकिङ कारोबार गर्दैगर्दा पक्राउ गरेको डा. भुसालले बताएका छन् ।अहिले उनीहरु माथी थप अनुसन्धान भइरहेको छ ।