दुनियाँलाई हैरान बनाउँने यस्तो अद्भुत जीव :

काठमाण्डौ । प्रकृतिले हामीलाई समय समयमा चकित बनाइरहन्छ । यस्तै अहिले मलेसियाबाट एक तस्विर बाहिर आएको छ । मलेसियाको एक माछाको तस्बिर अहिले धेरै नै भाइरल भइरहेको छ । यो हेर्दा नैँ आफैंमा धेरै अनौंठो किसिमको रहेको छ । हेर्दा निकै रोचक तथा आ श्चर्य लाग्दो रहेको यस माछाको तस्बिर देखेर मानिसहरूले रमाईलोको लागि यो तस्विर साझा गर्न शुरू गरेका छन् ।

यस अद्वितीय माछाको ओठ पनि कुनै मानिसको ओठभन्दा फरक छैन । यस माछालाई देखेर वैज्ञानिकहरू अहिले आफैं पनि निकै छक्क परेका छन् किनभने यस माछाको ओठ हुबहु मानिसको जस्तो रहेको छ । माछाको वास्तविक दाँत तथा ओठको साथ माछामा ‘मानवीय’ विशेषताहरू पनि हुन्छन् ।

भाइरल बनिरहेको यस माछालाई ट्रिगरफिश भनिन्छ भने यो माछा सामान्यतया दक्षिण पूर्व एशियाई पानीमा पाइन्छ । यसको बंगारा पनि निकै धेरै शक्तिशाली हुन्छ । एक व्यक्तिले ट्विटरमा यस असामान्य माछाको फोटो पोस्ट गरेको थियो भने त्यस पछि यो तस्बिर अहिले लगातार भाइरल भइरहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *