अदालतको फैसलामा बोल्नेमाथी सर्वोच्चले जारी गर्यो यस्तो विज्ञप्ति

काठमाडौ । पछिल्लो समय सर्वोच्च अदालतको विभिन्न फैसलालाई लिएर मानिसहरु खुलेर बोल्न तथा लेख्न थालेका छन् भने तिनीहरु  माथी अदालतले अहिले निकै गहिरो नजर लगाएको छ । अदालतमा विचाराधीन अवस्थामा रहेको मुद्दाको काम कारवाही तथा न्याय सम्पादनका प्रक्रियामा प्रभाव पार्ने किसिमका टीकाटिप्पणी नगर्नका लागी सर्वोच्च अदालतले सबैलाई भनेको छ । भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस् । subscribe मा क्लिक गरेपछि सँधै भिडियो हेर्न पाईनेछ ।

यसै विषयमा सर्वोच्च अदालतका प्रवक्ता भद्रकाली पोखरेलले एक प्रेस विज्ञप्ती जारी गरेका छन् भने उक्त प्रेस विज्ञप्तिमा न्यायपालिका आम नागरिकको आस्था, विश्वास तथा भरोसाबाट जीवन्त हुने संस्था भएको र त्यसो हुँदा अदालतका काम कारवाहीका बारेमा विभिन्न भ्रम सिर्जना हुने गरी समाचार प्रवाह नगर्न वा त्यस किसिमको टीकाटिप्पणी नगर्न अनुरोध गरिएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *