कमलादीबाट १५ किलो ‘सुन’ बरामद

काठमाडौं । राजधानी काठमाडौंको कमलादीबाट प्रहरीले १५ किलो ‘सुन’ बरामद गरेको छ । अवैध रुपमा भित्र्याइएको सुन जस्तै देखिने पहेँलो धातु बरामद गरेको जानकारी महानगरीय प्रहरी परिसर, काठमाडौंको टोलीले दिएको छ । भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस् । subscribe मा क्लिक गरेपछि सँधै भिडियो हेर्न पाईनेछ ।

बरामद गरिएको उक्त धातु सुन भए–नभएको भनेर पत्ता लगाउन परीक्षणका लागी पठाईएको छ । सुन ल्याउने मानिसहरु भने प्रहरीलाई देखेपछि आफ्नो झोला छोडेर भागेको बताइएको छ । भागेका मानिसहरुको अहिले खोजिकार्य जारी रहेको पनि प्रहरीले जानकारी दिएको छ । त्यति धेरै सुन कसरी भित्रियो भन्ने विषयमा भने अहिले प्रहरी अनुसन्धान गरिरहेको र अनुसन्धानपछि मात्र थप जानकारी दिन सकिने प्रहरीले बताएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *