आजाको मौसम यस्तो, सतर्क रहन सबैमा आग्रह…

काठमाडौ । नेपालमा अहिले फेरी मनसुन सक्रिय भएसँगै आउँदो चार दिनसम्म वर्षाको उच्च जोखिम बढेको छ । अरब सागरबाट जलवायुयुक्त वाष्पकणको आगमन भइरहेकाले गर्दा मनसुन फेरि सक्रिय भएको र सोमबारदेखि न्यून चापीय रेखा तराई भूभाग नजिक आएको हुँदा जोखिम बढेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।

त्यस्तै आज पनि देशका पूर्वी तथा मध्य भूभागमा हल्कादेखि भारी वर्षा हुने जनाइएको छ । यसपालीको मनसुन नेपालको पश्चिमी भागमा केन्द्रित रहेको छ । भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस् । subscribe मा क्लिक गरेपछि सँधै भिडियो हेर्न पाईनेछ ।

आज देशभरका केहि स्थानमा मेघगर्जन र चट्याङ्ग सहित भारी वर्षाको सम्भावना रहेको विभागले जनाएको छ । यसका साथै साउन १३ गतेदेखि १५ गतेसम्म गण्डकी, कर्णाली, सुदूरपश्चिम र मध्यपहाडी भेग भई बग्ने नदीमा जल सतह उच्च हुने पनि विभागले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *