गुल्मीमा मास्क नलगाउने १५७ जनालाई यस्तो कारबाही

काठमाण्डौ । करिब ४ महिना लामो लकडाउनपछी अहिले नेपालमा लकडाउन खोलिएको छ । यद्धपी अहिले संक्रमण नसकिएको भन्दै विभिन्न नियम हरु भने अनिवार्य रुपमा पालन गर्न भनिएको छ । भौतिक दुरी कायम गर्ने , मास्कको प्रयोग गर्ने लगायतका नियमहरु अनिवार्य गरिएको छ । यसैबीचमा गुल्मीमा मास्क नलगाई हिँड्ने १ सय ५७ जना मानिसलाई सोमबार प्रहरीले कारबाही गरेको छ । भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस् । subscribe मा क्लिक गरेपछि सँधै भिडियो हेर्न पाईनेछ ।

जील्ला प्रशासन कार्यालय गुल्मीले केहि दिन अगाडी नै एक सूचना जारी गर्दै सार्वजनिक स्थानमा हिँडडुल गर्दा अनिवार्य रुपमा मास्क लगाउन सबैलाई आग्रह गरेको थियो । तम्घास बजार क्षेत्रमा मास्क नलगाई हिँड्ने १ सय ५७ जनालाई नियन्त्रणमा लिई प्रति व्यक्ति एक सय रुपैयाँको जरीवाना तिराइएको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी नायव उपरीक्षक (डीएसपी) केदारराज पन्तले बताएका छन् ।

प्रहरीले मास्क नलागउनेलाई जरीवाना गराएपछि एक थान मास्क समेत उपलब्ध गराएको छ  । जरिवाना वापत कुल १५ हजार ७ सय रुपैयाँ राजस्व संकलन भएको उनले बताएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *